SOPPAN Submits Ten-Point Recommendations to NEA for Upcoming Solar Auction
08 Oct 2026

SOPPAN Submits Ten-Point Recommendations to NEA for Upcoming Solar Auction

On October 7, 2026, a delegation from the Solar Power Producers’ Association Nepal (SOPPAN), led by President Dr. Sandip Shah, met with Mr. Dirghayu Kumar Shrestha, Managing Director of Nepal Electricity Authority (NEA), to congratulate him on his appointment and submit a ten-point recommendation framework for Nepal’s upcoming solar auction. Key recommendations include: ✅ Benchmark tariff of NPR 5.45/unit to discourage unsustainably low bids ✅ Development of a solar-specific PPA with NEA ensuring the Take-or-Pay principle ✅ Integration of Battery Energy Storage Systems (BESS) with clear tariff mechanisms ✅ Provision for annual tariff escalation and 50-year PPA and license terms ✅ Establishment of stable and predictable rules for bidding, taxation, and compliance before the auction process SOPPAN expressed appreciation to the Managing Director for his valuable time and commitment. SOPPAN will continue to collaborate with NEA to support a stronger, bankable solar energy sector and contribute toward a secure and sustainable energy future for Nepal.

Read full notice
SOPPAN द्वारा बाढी प्रभावितका लागि AEPC लाई १,००० सौर्य एलईडी बत्ती हस्तान्तरण
10 Sep 2026

SOPPAN द्वारा बाढी प्रभावितका लागि AEPC लाई १,००० सौर्य एलईडी बत्ती हस्तान्तरण

काठमाडौं, सेप्टेम्बर १०, २०२६ — सोलार पावर प्रोड्युसर्स एसोसिएसन नेपाल (SOPPAN) ले अगस्ट २६ को बाढीबाट प्रभावित समुदायका लागि राहतस्वरूप वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) लाई १,००० वटा सौर्य एलईडी बत्ती हस्तान्तरण गरेको छ। SOPPAN का अध्यक्ष डा. सन्दीप शाहले AEPC का कार्यकारी निर्देशक नवराज ढकाललाई उक्त राहत सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। हस्तान्तरण गरिएका सौर्य एलईडी बत्तीले विद्युत् आपूर्ति अवरुद्ध भएका तथा अत्यावश्यक सेवामा पहुँच प्रभावित भएका बाढीपीडित परिवार र समुदायको तत्काल प्रकाशसम्बन्धी आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। SOPPAN ले आवश्यकताको समयमा सौर्य ऊर्जामा आधारित व्यावहारिक समाधान उपलब्ध गराउने प्रतिबद्धताअनुसार उक्त सहयोग गरेको जनाएको छ। पोर्टेबल सौर्य बत्तीले विद्युत् ग्रिडमा निर्भर नभई प्रकाश उपलब्ध गराउने भएकाले साँझको समयमा सुरक्षित आवतजावत तथा राहत र पुनःस्थापना कार्यमा मद्दत पुग्नेछ। SOPPAN ले बाढी प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सुरक्षा, सम्मान र अत्यावश्यक ऊर्जा सेवामा पहुँच पुनःस्थापना गर्ने समन्वित राहत प्रयासमा सहयोग जारी राख्ने जनाएको छ।

Read full notice
SOPPAN को कार्यसमिति सदस्यमा गोपाल घिमिरे
09 Sep 2026

SOPPAN को कार्यसमिति सदस्यमा गोपाल घिमिरे

काठमाडौं — सोलार पावर प्रोड्युसर्स एसोसिएसन नेपाल (SOPPAN) को कार्यसमिति सदस्यमा गोपाल घिमिरे रहनुभएको छ। उहाँ उद्यमी, शैक्षिक क्षेत्रका नेतृत्वकर्ता, नवीकरणीय ऊर्जा अभियन्ता तथा अनुसन्धानकर्ताका रूपमा परिचित हुनुहुन्छ। नेपालमा दिगो विकास प्रवर्द्धनका क्षेत्रमा उहाँले सक्रिय योगदान दिँदै आउनुभएको छ। शिक्षा, आतिथ्य तथा स्वच्छ ऊर्जा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका घिमिरेले रणनीतिक सोच, नवप्रवर्तन र नैतिक नेतृत्वमार्फत समुदाय सशक्तीकरण तथा संस्थागत विकासमा जोड दिँदै आउनुभएको छ। उहाँ अर्घा भगवती भेन्चर्सका प्रबन्ध निर्देशक तथा बैदेही इनर्जीका अध्यक्ष पनि हुनुहुन्छ। साथै, उहाँ पानिनी कलेज अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष र नेपाथ्य कलेजका संस्थापक प्रिन्सिपलसमेत हुनुहुन्छ। SOPPAN ले घिमिरेको अनुभव, नेतृत्व क्षमता र नवीकरणीय ऊर्जा क्षेत्रप्रतिको प्रतिबद्धताले संस्थाको उद्देश्य तथा रणनीतिक दिशालाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

Read full notice
सौर्य विद्युत् आयोजनाको अनुमतिपत्र पनि जलविद्युत्‌सरह ५० वर्ष कायम गर्नुपर्ने सोपानको माग
14 Aug 2026

सौर्य विद्युत् आयोजनाको अनुमतिपत्र पनि जलविद्युत्‌सरह ५० वर्ष कायम गर्नुपर्ने सोपानको माग

साभार उर्जा खबर, काठमाडौँ । सोलार पावर प्रोड्युसर्स एशोसिएसन नेपाल (सोपान) ले विद्युत्‌ नियमन आयोग (इआरसी) का अध्यक्ष डा. रामप्रसाद धिताल तथा आयोगका सदस्यहरूसँग शिष्टाचार भेटघाट गरी नेपालको सोलार ऊर्जा क्षेत्रको नियमन र सुधारका लागि ध्यानाकर्षण गराएको छ । सोपानका अध्यक्ष डा. सन्दीप शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अध्यक्ष धिताललाई भेटी आफ्ना माग राखेको हो । राष्ट्रिय ऊर्जा सम्मिश्रण (एनर्जी मिक्स) मा सोलारको हिस्सा १० प्रतिशतमा मात्र सीमित राख्ने प्रावधान हटाउनुपर्ने, जलविद्युत्‌ सरह सोलार आयोजनाको उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) र विद्युत्‌ खरिद बिक्री सम्झौता (पिपिए) को अवधि ५० वर्ष कायम गरिनुपर्ने माग राखेका छन् । यसैगरी, आगामी सोलार पिपिए प्रतिस्पर्धात्मक बोलपत्र (अक्सन) मार्फत कम्तीमा १,००० मेगावाटका लागि खुला गरिनुपर्ने र नयाँ सोलार आयोजनासँगै ब्याट्री इनर्जी स्टोरेज सिस्टम जोडिने व्यवस्था मिलाइनुपर्ने जस्ता माग राखेका छन् । सोपानले सोलार ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधान र विकासका लागि तत्काल आवश्यक नीतिगत सुधारका बुँदाहरू समेटिएको ज्ञापनपत्रसमेत बुझाएको छ । सोही क्रममा सोपानले आयोगसमक्ष चार प्रमुख क्षेत्र—रणनीतिक नीतिगत तादात्म्यता, निष्पक्ष तथा अनुमानयोग्य नियामक ढाँचा, ग्रिड पहुँच र प्रणाली प्रविष्टि, र विकेन्द्रित तथा एग्री-पिभी (कृषि-सोलार) विकासमा जोड दिँदै तत्काल सुधार गर्नुपर्ने विषयहरू प्रस्ताव गरेको छ । अध्यक्ष शाहले सुक्खायाममा ऊर्जा आपूर्ति सहज बनाउन, राष्ट्रिय ऊर्जा सुरक्षा सुदृढ गर्न र निजी क्षेत्रको लगानी आकर्षित गर्न सोलार ऊर्जाको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले आयोगसँगको सहकार्यमा सोलारको पूर्ण क्षमता उपयोग गर्न सकिने प्रविधिमैत्री नीतिगत ढाँचा निर्माण हुने विश्वास व्यक्त गरे । सोपानको माग सुनेपछि अध्यक्ष धितालले नेपालमा नविकरणीय ऊर्जाको विकासका लागि पारदर्शी र सहजीकरणयुक्त नियामक वातावरण बनाउन आयोग प्रतिबद्ध रहेको बताए ।

Read full notice
नीतिगत अकर्मण्यताले ३०० मेगावाटका सौर्य विद्युत्‌ आयोजना संकटग्रस्त
11 Aug 2026

नीतिगत अकर्मण्यताले ३०० मेगावाटका सौर्य विद्युत्‌ आयोजना संकटग्रस्त

साभार उर्जा खबर, काठमाडौँ । विद्युत् विकास विभागले अनावश्यक भाँजो हालेपछि मिश्रित ऊर्जा विकासमा सरकारले लिएको लक्ष्य प्रभावित हुने भएको छ । व्यवहारिक र नीतिगत कारण देखाउँदै सौर्य विद्युत् आयोजनाको क्षेत्र परिवर्तनमा रोक लगाएपछि यस्तो अवस्था उत्पन्न भएको हो । विभागको अकर्मण्यताले करिब ३०० मेगावाटका सौर्य आयोजनाको निर्माण रोकिन पुगेको छ भने यसमा गरिएको लगानी समेत जोखिममा परेको छ । यसले नेपाललाई स्वच्छ तथा नवीकरणीय ऊर्जामा आत्मनिर्भर बनाउने र हिउँदमा हुने विद्युत्‌ आयात घटाउने सरकारी दाबी कागजमै सीमित हुने देखिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अनुसार विभागले करिब दुई दर्जन सौर्य आयोजनाको क्षेत्र परिवर्तनका लागि स्वीकृति नदिँदा समस्या उत्पन्न भएको हो । यसअघिको नेतृत्वले निजी क्षेत्रका समस्याको सुनुवाई नगरेपछि प्रवर्द्धकहरूले पुनः पत्र लेखी विभागलाई समस्याको निराकरण गरिदिन अनुरोध गरेका छन् । प्राधिकरणले महसुलमा आधारित प्रतिस्पर्धात्मक बोलपत्रमार्फत छनोट गरेका सौर्य ऊर्जा प्रवर्द्धकलाई 'लेटर अफ अवार्ड' प्राप्त भएको ९० दिनभित्र सर्वेक्षण अनुमतिपत्र लिएर विद्युत्‌ खरिद-बिक्री सम्झौता (पिपिए) सम्पन्न गर्नुपर्ने बाध्यात्मक समयसीमा तोकिएको थियो । यही हतारोका कारण प्रारम्भिक चरणमै जग्गाको अक्षांश र देशान्तर (आयोजना को-अर्डिनेसन) बुझाउन बाध्य भएको प्रवर्द्धकहरूको भनाइ छ । आयोजनाको विस्तृत अध्ययन, स्थानीय जग्गाधनीसँगको सहमति, प्राविधिक पहुँच तथा व्यावसायिक उपयुक्तताको मूल्याङ्कन गर्दा सुरुमा तोकिएको स्थानभन्दा जग्गा परिमार्जन गर्नुपर्ने व्यवहारिक आवश्यकता देखिएको उनीहरूले बताएका छन् । विभागले भने सर्वेक्षण अनुमतिपत्रमा उल्लिखित आयोजना क्षेत्र संशोधन गर्न अस्वीकार गरेर समस्या सिर्जना गरेको निजी क्षेत्रको ठम्याइ छ । जग्गाको कोअर्डिनेट्स परिवर्तन गर्दा सरकारलाई प्राप्त हुने राजस्व घट्दैन र प्राकृतिक स्रोतको अतिरिक्त दोहन पनि हुँदैन,' इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले भने, 'प्राधिकरणले तोकेको पिपिए दर र सबस्टेसनमा समेत फेरबदल हुँदैन ।' राज्यलाई कुनै पनि जोखिम वा वित्तीय हानी नहुने स्पष्ट हुँदाहुँदै नीतिगत सहजीकरण नगर्नुले निजी क्षेत्रप्रति सरकार असहयोगी बनेको उनको भनाइ छ । लामो समयदेखि यो विषयमा स्पष्टता नहुँदा प्रवर्द्धकहरूले गरेको अर्बौँ रुपैयाँको लगानी जोखिममा परेको उनीहरूको गुनासो छ । यसले आयोजनाबाट वार्षिकरूपमा उत्पादन हुने करिब ८०० गिगावाट घण्टा (८० करोड युनिट) विद्युत्‌ प्रणालीमा आउन नसकेको समेत दाबी गरिएको छ । परिणामत: आगामी हिउँदमा भारतबाट महँगोमा विद्युत्‌ आयात बढाउने जोखिम निम्त्याउन सक्ने निजी क्षेत्रको चेतावनी छ । प्रवर्द्धकहरूको माग समस्याको यथाशीघ्र समाधानका लागि निजी क्षेत्रका ऊर्जा प्रवर्द्धकहरूले "ग्रिड कनेक्टेड वैकल्पिक विद्युत्‌ विकास सम्बन्धी कार्यविधि, २०७८" मा संशोधन गर्न माग गरेका छन् । १. पिपिए भइसकेका आयोजना: पिपिए सम्पन्न भइसकेका आयोजनाको हकमा, ग्रिडसम्म जोड्ने सबस्टेसन बिन्दु परिवर्तन नहुने गरी सर्वेक्षण अनुमतिपत्रको 'प्रोजेक्ट कोअर्डिनेट' परिवर्तन गर्न दिइनुपर्ने माग गरेका छन् । २. नयाँ अनुमतिपत्र पाएका: कार्यविधि लागु हुनुभन्दा अगाडि जग्गाको स्थान परिवर्तनका कारण नयाँ अनुमतिपत्र लिइसकेका प्रवर्द्धकको हकमा, पिपिए गर्दा बाँकी अवधिको लागि सोही अनुमतिपत्र कायम वा नवीकरण गरी 'प्रोजेक्ट कोअर्डिनेट' परिवर्तन गर्न सकिने व्यवस्थाको माग गरेका छन् । सरकारले एकतिर हरित ऊर्जा प्रवर्द्धन गर्न निजी क्षेत्रलाई स्वागत गर्ने र अर्कोतिर व्यवहारिक प्राविधिक संशोधनमा पनि गाँठो पारिदिने शैलीले प्रवर्द्धकहरूको मनोबल घटेको अधिकांशको गुनासो छ । सरकार र विभागले समस्याको तत्काल निकास नदिने हो भने सौर्य ऊर्जामा निजी क्षेत्रको लगानी पूर्णतः निरुत्साहित हुने देखिएको छ ।

Read full notice Download document
Notice of Intent to Award Solar Projects
11 Nov 2024

Notice of Intent to Award Solar Projects

This notice is issued in reference to the Invitation for Bids (RFP/SOLAR/NEA/PTD/2024-01) for the selection of developers for Grid-Connected Solar PV Power Projects in National priority areas under Through Competitive Bidding Process. We are pleased to announce that, following the evaluation of the solar projects in accordance with Clauses 8.4.1 to 8.4.6 of the RFP, the following solar projects submitted by the respective bidders/developers as per Clause 8.4.7 of the RFP document, capacity of 960 MW, have been selected for award. A Letter of Intent (LoI) will be issued to the selected bidders/developers as per Clause 8.4.7 of the RFP document.

Read full notice Download document